सिन्धुपाल्चोक, मेलम्ची नगरकी १९ वर्षीया करिना पुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन्, प्रतिनिधिहरूबीच पनि सर्वाधिक मत ल्याएकी उनी पार्टीको महासमिति सदस्य बनेकी छन् । ‘राजनीतिमा युवा र महिला आउनुपर्छ भनिन्छ तर युवा आफैं अघि सरेका छैनन्, हामीले हस्तक्षेप सुरु गर्नुपर्छ भनेर अघि सरेकी हुँ,’ करिनाले कान्तिपुरसँग भनिन्, ‘परिवारको साथ र पार्टीको विश्वास पाएँ । राष्ट्रिय महाधिवेशनमा मेरो अमूल्य मत सदुपयोग गर्नेछु ।’